'दराज लाइक न्यु'को सुरुवात, प्रयोग गरिएका फोन बिक्री गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 01:39:25 PM मा प्रकाशित

laxmi sunrise bank

दराज नेपालले  आफ्नो नयाँ उद्यम "दराज लाइक न्यू" (DLN) को सुरुवात गरेको छ ।  स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ यो नयाँ उद्यम सुरुवात गरेको दराजले जनाएको छ। प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, स्थानीय उद्यमीहरूलाई सशक्त बनाउन लागिएको दराजले जनाएको छ।

दराजका अनुसार यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र DLN लाई ई–वेस्ट  न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरे । त्यसैगरी, DLN को लागि दराज प्लेटफर्ममा विक्रेता तथा “सबको फोन” का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै  प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

दराज नेपालकि प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज  सधैं अगाडि रहेको बताइन्। उनले भनिन्  “हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ |”

यसले ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउदै उनिहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने दराजले बताएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved