आईफोन १५ सिरिजका ४ नयाँ फोनहरु आज सार्वजनिक हुँदै, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 09:46:38 AM मा प्रकाशित

laxmi sunrise bank

स्मार्टफोन निर्माता एप्पलले आज आईफोन १५ सिरिजका ४ वटा नयाँ फोनहरु आज सर्वजनिक गर्ने भएको छ । कम्पनीले आज आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो, र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गर्न लागेको हो 

एप्पलले अमेरिका स्थित क्यालिफोर्नियामा रहेको आफ्नो मुख्यालयमा एक समारोह गरेर यी नयाँ उत्पादन सार्वजनिक गर्ने छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले स्टिभ जब्स थियटरबाट यी उत्पादन सार्वजनिक गर्ने छ 

आईफोनको साथ साथै कम्पनीले नयाँ एप्पल वाच र एयरपोड पनि सार्वजनिक गर्ने बताईएको छ । 

यस कार्यक्रमको विश्वभर प्रत्यक्ष प्रसारण हुने छ । नेपाली समय अनुसार प्रत्यक्ष प्रसारण रातको १०:४५ मा सुरु हुने छ भने एप्पल टिभी एप, एप्पलको वेबसाइट र एप्पलको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved