![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
भाटभटेनी सुपरमार्केटले झापाको विर्तामोडमा आफ्नो २६ औ स्टोर संचालनमा ल्याएको छ। बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार स्टोरको उद्घाटन गरेका गरेका हुन् ।
पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर संचालनमा आएको हो । स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लागतमा स्टोर बनेको हो।
स्टोर उद्घाटन गर्दै अध्यक्ष गुरुङले ग्राहकको चाहना र मागअनुसार आफुले इमानदार भएर काम गरिरहेको बताए । देशका विभिन्न स्थानमा स्टोर संचालन गरेर विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको उनले बताए ।
स्टोरले उद्घाटनका आवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।