विशेष क्षमता भएका व्यक्तिहरू कार्यरत केएफसी रेष्टुरेन्ट संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 09:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ । जसमा अधिकांश टोलीका सदस्यहरू विशेष क्षमता भएका व्यक्तिहरू कार्यरत छन्। देवयानी इन्टरनेशनल लिमिटेड र केएफसी नेपालले यस्ता रेस्टुरेन्टहरू अझै थप गर्ने प्रतिबद्घता जनाएका छन् 

 सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी खोल्ने सञ्चालनमा ल्याएको हो । 

केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरे र परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा गरे । उनले भने, “यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं । हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौं जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग काम गर्ने मौका पाएका छौँ ।”

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved