अभिनेत्री सुरक्षा पन्तद्वारा सिजीको चिम्नी र इमर्जेन्सी बल्बको अनावरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2024 | 05:38:58 AM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेका छन।  आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा माझ अनावरण गरिएको हो। 

उक्त कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनावरण गरिएको छ। फिल्टरलेस सिरिजमा ९० सेमी. र ७५ सेमीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, २६,५९० र २५,७९० रुपैयाँमा उपलब्ध भएको कम्पनीले जनाएको छ। क्रमशः उपलब्ध छन् । 

कम्पनीकाअनुसार बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच मोशन कन्ट्रोल रहेको छ। यसको मूल्य २९,१९० रहेको छ । तीनवटै मोडलको मोटरमा ५ वर्षको वारेन्टी रहेको छ।अनावरण गरिएको चौथो मोडेलको मूल्य २२,३९० रहेको छ । यसमा उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध रहेको छ। यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ।

विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ। यसमा १२ महिनाको वारेन्टी छ र फ्री होल्डरको साथ आउँछ।  यसको मूल्य रु. ७५० रहेको छ।

सुरक्षा पन्त र सिजी इलेक्ट्रिक बिचको सहकार्यले ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको कम्पनीको बिश्वास छ।  सुरक्षा पन्त झण्डै एक वर्षदेखि सिजी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved