फरक सुविधा सहित पहिलो चरणमा बिरगंजबाट आफ्नो सेवा सुरु गर्दै राईडअक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 05:55:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राईड शेयरिङ प्लेटफर्म राईडअक्सले यही बुधबार पहिलो चरणमा बिरगंजबाट आफ्नो सेवा सुरु गर्ने भएको छ । गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ। 

अहिले पनि सबै तयारी सकेर यहि बुधबारदेखि सफ्ट लन्चको रुपमा पहिलो चरणमा बिरगंजबाट सुरु हुन् लागेको हो। त्यस्तै यही चैत्र २५ गतेको  दिन कोशी प्रदेशमा दोस्रो चरणमा सार्वजनिक हुने भएको छ। क्रमश:  विभिन्न प्रदेश तथा सहरमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। 

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा केही दिन अघि राइडर्स मिटअप गरेको थियो । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ । बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए । यसमा यदी राईडर्सले अनलाईन राईड लिई केही दुरी(पुगेर अफलाईनमा परिणत गर्न खोज्दा त्यस्ता राईड मोनिटर हुने सुविधा रहेको कम्पनीको भनाई छ । कम्पनीले अहिले एक महीना भन्दा बढीकुनै किसीमिको राईडर्ससंग सेवा शुल्क नलिने बताएको छ।  साथै पार्सल डेलिभरी गरि थप कमाई समेत गर्न सकिने कम्पनीले जनाएको छ। 

नेपाली ग्राहकलाई जहिले पनि नेपाली कम्पनीले राम्रो संग चलाउन सक्दैन भन्ने कुराको बिशेष ध्यान राखी सुरु यो कम्पनी सुरु गरिएको संचालक यादबले बताए। केहि समय लागेपनि धेरै ग्राहकहरु माझ पुगेर राम्रो सेवा दिदै जाने योजना रहेको संचालक सुनिल यादवले बताए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved