पानासोनिकको एयर कन्डिसनरमा ३२ हजार छुट, यस्तो छ नयाँ मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 08:32:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । 

उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ । 

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीका अनुसार पानासोनिक एसिमा PM 2.5 filter रहेको छ, जुन तपाईंको रुम भित्र भएको सानो भन्दा सानो Dust Particle जस्तै धुवा धुलो सबै filter गरेर air Purification गर्छ र तपाईंले रुमको लागि छुटै air Purifier किन्न पर्दैन ।

पानासोनिकको Durability को कुरा गर्नुहुन्छ भने यसमा Shield Blu Technology रहेको छ जसमा AC को Outdoor unit मा anit-corrosion coat गरिएको हुन्छ । यसले तपाईंको AC मा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट exchanger को लाईफलाई बढाउँने कम्पनीको दाबी छ ।

यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved