सिटी एक्सप्रेस मनी ट्रान्सफरको ९० दिने ‘उत्सव एक्सप्रेस’ योजना सार्बजनिक, यस्ता छन् अफरहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 12:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।


शुक्रबार काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त उपहार योजना सार्वजनिक गरेको हो । प्रा.ली.का प्रबन्ध निर्देशक चन्द्र टण्डन अनुसार उक्त उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन्।

त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजिरेटर उपहार प्रदान गरिनेपनि प्रा.लिले जनाएको छ ।

त्यसैगरि प्रा.लीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना भाग्यमानी विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल. कार जित्न सक्नेपनि प्रा.लिले जानकारी दिए । कटवालले अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य अजेश कोइरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन भने अनिता थापा आचार्यले गरेकी थिईन् ।

विगत ११ वर्षदेखि विप्रेष्णको व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि प्रतिष्ठित रेमिटान्स कम्पनी हो । कम्पनीले व्यवसायसँगसँगै विभिन्न धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रियाकलापमा आवद्ध भै सहयोग प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved