क्यान्सर, मृगौला रोग र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक ५ हजार भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यान्सर एवम् मृगौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । 

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ को चुनावको समयमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर एवम् मृगौलाका रोग भएका र स्पाइनल इन्जुरी भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । तर, त्यसपछि बनेको केपी ओली सरकारले उक्त निर्णय खारेज गरेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा देउवाले यसलाई फेरि अघि बढाउने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved