विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 11:08:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारी को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । 

साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने प्रतिबद्धता जनाएका छन् ।

साथै गभर्नर अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनिय रहने बताए । उनले भने ‘नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको छ ।’

उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परिक्षक टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थियो । 

साधारणसभाले, संघियताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशीकरण सुनिश्चितता सहित विधान संशोधन समेत गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved