नेपालमा यसरी मनाईयो अन्तर्राष्ट्रिय लेखा दिवस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 12:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान)ले अन्तर्राष्ट्रिय लेखा दिवस (एकाउन्टेन्ट डे ) मनाएको छ । आज बुधवार नोभेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले काठमाडौंमा प्रभातफेरी कार्यक्रमको आयोगजना गरी दिवस मनाएको हो। 

संस्थाका पार्षद तथा पूर्वअध्यक्ष, बहालवाला अध्यक्ष, सार्वजनिक लेखा समितिका सभापति, त्रिभूवन विश्व विद्यालयका प्राध्यापक, लेखा विद्यार्थी लगायतका लेखा व्यवसायीहरुको उपस्थितिमा प्रभातफेरी -यालीको आयोजना गरी दिवस मनाइएको हो ।

प्रभातफेरी कार्यक्रमलाई आइक्यानका उपाध्याक्ष चार्टड एकाउन्टेन्ट भास्कर सिंग लालाले स्वागत मन्तब्य दिएका थिए भने समापन कार्यक्रममा अउडानका अध्यक्ष आरए मोहन राज रेग्मी, एक्यानका अध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले सम्बोधन गरेका थिए। त्यस्तै आइक्यान अध्यक्ष सीए युद्द राज ओलीले समापन मन्तब्य दिएका थिए। 

त्यस्तै भर्चुअल माध्यमबाट भएको सम्बोधन कार्यक्रममा आइक्यानका उपाध्याक्ष चार्टड एकाउन्टेन्ट भास्कर सिंग लालाले सम्बोधन गरेका थिए। त्यस्तै  लेखामान बोर्ड अध्यक्ष तथा आइक्यानका पुर्व अध्यक्ष सीए प्रकाश जंग थापाले 'पेसिंग विथ एमर्जिंग डिजीटलाईजेसन: च्यालेन्ज एण्ड रिवार्ड्स टु एकाउन्टिंग प्रोफेसन' बारे प्रस्तुति दिएका थिए।

त्यस्तै त्रिभूवन विश्व विद्यालयका डीन प्राध्यापक डिल्लीराज शर्माले 'रोल अफ युनिभर्सिटी इन सेपिंग एकाउन्टिंग एडुकेशन' बिषयमा आफ्नो प्रस्तुति दिएका थिए।     

आयोजित प्रभातफेरी आक्यान कार्यलयबाट शुरु भई शहरका विभिन्न स्थान परिक्रमा गरी पुनः आक्यान कार्यालयमा नै गएर समापन भएको थियो। प्रभातफेरी आइक्यान कार्यलयबाट सुरु भई काठमान्डौका बिभिन्न क्षेत्र ग्वार्को, प्रयागपोखरी, पाटन हस्पिटल, लगनखेल, सातदोबाटो हुँदै पुन: आईक्यान कार्यलय पुगेर सकिएको हो।  कार्यक्रम काठमाडौँसहित देशका अन्य सहरहरु पोखरा, विराटनगर, बुटवल तथा  वीरगन्जमा पनि मनाइएको छ। त्यस्तै आईक्यानसँग मिलेर एक्यानका जिल्ला समितिहरुले पनि एकाउन्टेन्ट डे मनाएको एक्यानका  उपाध्यक्ष रमेश धितालले बिजपाटीलाई बताए ।

आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन् १४९४ मा “Everything About Arithmetic, Geometry and Proportion” नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई अन्तर्राष्ट्रिय एकाउन्टेन्स् डेको रुपमा मनाइँदै आइरहेको छ । 

इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स्(आईएफएसी), कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस्(सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस्(एसएएफए) का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई अन्तर्राष्ट्रिय एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन् । 

नेपालमा भने दुई वर्ष अघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यी संस्थाहरुसँग आवद्धता भएसँगै यो दिवस मनाउन थालिएको हो । 

यस कार्यक्रमको मुख्य उद्देश्य लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्ने तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्ने, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्ने र लेखा शिक्षाको प्रचारप्रसार गर्ने रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved