चार्टर्ड एकाउन्टेन्टले मात्र अडिट गर्न पाउने प्रावधान हटाउन अडानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 11:45:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अडिटर्स एशोसिएसन (अडान) ले राज्यका बिभिन्न निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेटबाट मात्र गराउने ब्यवस्था हटाउन माग गरेको छ । अडानले उक्त ब्यवस्था विभेदकारी भएको भन्दै त्यसलाई तत्काल सच्च्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने ब्यवस्था गर्न माग गरेको छ ।

अडानको बैठकले छैठौं राष्ट्रिय महाधिवेशन २०७९ जेठ २० र २१ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । बैठकले लेखापरीक्षकहरुमाथि भएगरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मुल्य बृद्धि कम गर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अडानले जनसरोकारका१७ बुँदे बिशेष प्रस्ताबहरु पारीत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ती बिशेष प्रस्ताबहरुमा देशमा हाल देखा परेको तरलता अभाव बढ्दै गइरहेको बजेट घाटा, कोभिडबाट प्रभावित आर्थिक अवस्था, न्यायलयमा देखा परेका समस्याहरुलाई सुझवुझपुर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकार समक्ष माग गर्ने, रसियाले छिमेकि राष्ट्र युक्रेनमा गरेको हमलाले विश्वको पछिल्लो राजनीतिलाई तरङ्गीत तुल्याएको भन्दै दुवै देशका बिचमा भएको युद्धले बिश्वको अर्थब्यवस्थामा हलचल ल्याएको, रसिया र युक्रेन बीचको तनावसंगै कच्चा तेलमा अस्वभाविक मूल्य बृद्धि हुनाका साथै सुन चाँदी लगायतका बस्तुहरु महङ्गीएकोले बिश्व शेयर बजारलाई नराम्रोसँग असर गरिरहेको जनाउँदै युद्ध अन्त्य र शान्तिका लागि यो बैठकले अपिल गरेको छ ।

वि सं २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन जारी हूंदाका बखत नै रजिष्टर्ड अडिटरहरुका सम्बन्धमा विभेदकारी प्रावधानहरु कायम भएकोले अडानले आफ्नो स्थापनाकाल देखिनै यसमा सुधार गर्नुपर्ने माग जोडदार रुपमा उठाउंदै आएको कुरा सवैमा विदितै छ । यसर्थ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को संसोधन गरी परिवर्तित परिस्थतिमा नयाँ ऐन जारी गर्न नेपाल सरकारसंग बैठकले माग गरेको छ ।

अडानले सत्तरी बर्षदेखिको नेपालीको गणतन्त्र मार्फत राष्ट्रिय पूँजीको निर्माण गर्दै समाजवादउन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना साकार पार्ने काममा सवै राजनीतिक पार्टी, सामाजिक अभियन्ता र विद्वतबर्ग आपसि मनोमालिन्य र संकिर्णताबाट माथि उठि देश विकासमा लाग्नु पर्ने अवस्था रहेको बताउँदै  लोकतान्त्रिक गणतन्त्रलाई मजबुत पार्दै जनताको लामो संघर्ष र बलिदानिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न बिशुद्ध राजनीति भन्दा माथि उठि राज्यका तीन वटै तहका सरकारहरु लागि पर्दै जनसरोकारका बिषयहरुमा केन्द्रीत रहन माग  गरेको छ ।

अडानले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट बिभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भैसकेका बताउँदै अडानले उद्योगी, ब्यापारी तथा संघसंस्थाहरूले लेखामान अनुसार वित्तीय विवरण तयार गर्नु पर्ने लेखापरीक्षणमानका आधारमा लेखापरीक्षकले लेखापरीक्षण गर्नु पर्ने तर कतिपय उद्योगी ब्यापारीहरूले लेखामान अनुसार वित्तीय विवरण तयार नगरेको सन्दर्भमा सम्बन्धित निकायहरुसंग समन्वय गरी सो कार्यान्वयन गर्ने वाताबरण बनाउन नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरु समक्ष माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved