सहकारी संस्थाहरुमा पुरुष भन्दा महिला धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 04:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा पुरुषको तुलनामा महिलाको सक्रियता धेरै रहेको पाइएको छ । सहकारी विभागले तयार पारेको देशैभरका सहकारीमा महिलाको संख्या धेरै रहेको पाइएको हो । 

विभागले संघीयता कार्यान्वयनमा आएपछि तीनै तहमा रहेका सहकारी संस्थाहरुको विवरण संकलन गरेको छ । हाल देशभर रहेका २९ हजार ८८६ सहकारी संस्थाहरुमा पुरुषको तुलनामा १२ प्रतिशत बढी महिलाहरु रहेको पाइएको हो । 

विभागले संकलन गरेको विवरण अुनसार देशभरका सहकारी संस्थाहरुमा ७३ लाख ७ हजार ४६२ सदस्य मध्येमा ५६ प्रतिशत महिला रहेको पाइएको छ  । देशभरका सहकारीमा ९४ अर्ब १० करोड ५० लाख १५ हजार शेयर, ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन तथा ४ खर्ब २६ अर्ब ऋण लगानी गरेको उल्लेख गरिएको छ । यसैगरी सहकारी मार्फत ८८ लाख ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको पाइएको छ । 

विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्यांक संकलन गरेको थियो । हाल सञ्चालित सहकारी मध्ये संघीय सरकार अन्तर्गत १ सय २५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत सबैभन्दा धेरै २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार हाल देशभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरू, २० वटा विषयगत केन्द्रीय संघहरू, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved