राजश्री बचत तथा ऋण सहकारीको १२ औँ साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 08:45:20 AM मा प्रकाशित

laxmi  sunrise bank

राजश्री बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा कार्यक्षेत्र भएको यो सहकारीले प्रतिनिधिसभा सदस्य कमला रोकाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न गरेको हो । 

२ करोड ३२ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको राजश्री बचत तथा ऋण सहकारीले २ करोड १० लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाको चुक्ता पूँजि ६० लाख ८६ हजार ५ सय रुपैयाँ रहेको छ । 

कोरोना भाइरसका कारण केही असहजता भएपनि आफूहरु निरन्तर ग्राहकको सेवामा रहेको संस्थाका सचिव शुभाषचन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार बागबजारमा रहेको कार्यालय केही समयमा नै ग्राहकको सहजताका लागि कोटेश्वरमा स्थानान्तरण हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved