पाँच तारा साकोसद्वारा सिजेएनलाई एक लाख बराबरकाे आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 10:34:25 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १५१ रुपैयाँ प्रदान गरेको छ । संस्थाको १३ औं स्थापना दिवस एवं नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गरेका हुन् । 

सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त राशि प्रदान गर्न पाउँदा आफूलाई खुशी लागेको अध्यक्ष पाठकले बताए । उनले भने ‘सहकारी अभियानको प्रवद्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरुसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने छ । 

सिजेएनका अध्यक्ष दाहालले पत्रकारहरुको वृत्तिविकास र हकहितका लागि समाजले काम गर्दै आएको बताए । ‘भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा पत्रकारहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सिजेएन हितकोष निर्माण गरिएको हो ।’ उनले भने ।

कोषमा रकम प्रदान गरेकोमा पाँच तारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेको बताए । 

समाजले स्थापना गरेको ‘सिजेएन पत्रकार हितकोष’ मा उक्त रकम जम्मा हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved