भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध २ सहकारीले दिए प्रेस काउन्सिलमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 02:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरका २ सहकारीले आफूविरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै जनरक्षा साप्ताहिक (जनरक्षा डटकम) विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । 

पाथीभरा बचत तथा ऋण सहकारी संस्था र गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्था काउन्सिलमा लिखित उजुरी दिएका हुन् । यी २ सहकारीले अलग अलग रूपमा दिएको निवेदन काउन्सिलले दर्ता गरी आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।

सहकारीहरुले समाचारको सत्य तथ्य छानबिन गरी भ्रामक समाचार छाप्ने अनलाइनमाथि आवश्यक कारबाहीको माग गरेका छन् । 

जनरक्षा डटकमले पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष अनुप न्यौपाने र गोल्डेन गेट सहकारीका अध्यक्ष विजय श्रेष्ठसहित सञ्चालकहरुको नाम जोडेर भ्रामक समाचार प्रकाशित गरेको थियो । 

उक्त समाचार आफ्नै व्यवसायिक प्रतिस्पर्धीले लेखाएको दाबी यी २ सहकारीले गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved