ग्लोबल आइएमई बैंकको प्रायोजनमा 'कोप कार्ड' सेवाको शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 04:21:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको सहकार्यमा सहकारीहरुको लागी कार्ड सेवा सुरुवात भएको छ। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको हो ।

राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा राष्ट्रिय सहकारी बैंकको २०औँ स्थापना दिवसको अवसरमा कार्डको सुभारम्भ गरिएको हो ।

अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम  कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे  स्मार्टच्वाइस टेक्नोलोजिजले जनाएको छ। विगत केहि समय अगाडि देखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो  ।

कम्पनीका अनुसार यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् । 

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने, पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved