मन्त्रालयले गौतमश्री सहकारीलाई सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 02:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत सुनिश्चितता सहितको कार्ययोजना लिएर मन्त्रालयमा उपस्थित हुन सहकारीलाई निर्देशन पनि दिएको छ ।

बुधबारै गौतमश्रीका अध्यक्ष राम गौतमले उक्त पत्र बुझेका छन् ।

स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिए समस्याग्रस्त घोषणा गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

उक्त सहकारीमा बचतकर्ताको करिब साढे ७ अर्ब बचत निक्षेप रहेको बताइन्छ । 

तर, १२ साउनदेखि सञ्चालकहरु फरा भएपछि बचतकर्ता सहकारी विभागमा पुगेका थिए । विभागमा हालसम्म १ हजार २१० जना बचतकर्ताले उजुरी दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved