यी २६ वटा सहकारीलाई कारवाही गर्दै ललितपुर महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 09:26:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थालाई कारवाहीको तयारी गरेको छ । महानगरको उद्योग तथा सहकारी शाखाले ५ वर्ष वा सो भन्दा बढी समयसम्म प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको तयारी गरेको हो 

 ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने, दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा (१) बमोजिमको विवरण शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी अवधिदेखि ऐनको माथि उल्लेखित प्रावधान अनुसार लेखा परिक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने कार्य गरेको नदेखिएको हुँदा महानगरले ति सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

महानगरले आज सर्वजनिक सूचना जारी गर्दै  यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र संस्थाको वार्षिक साधारण सभा गरी लेखा परीक्षण प्रतिवेदन सहितको विवरण शाखामा बुझाई विवरण अध्यावधिक गर्न/गराउनु सूचित गरेको छ। सूचनामा तोकिएको समय भित्र उल्लेखित कार्य सम्पन्न नगरे नगराएमा महानगरपालिकाको सहकारी ऐन बमोजिम कारवाही हुने महानगरले जनाएको छ।

यी हुन् ति २६ सहकारी 

गेट बचत तथा ऋण सहकारी,

निलः बहुउद्देश्यीय सहकारी, 

संकल्प बचत तथा ऋण सहकारी,

गंगा सागर बचत तथा ऋण सहकारी,

रातो मच्छिन्द्र गृहश्रमिक महिला शिपमुलक सहकारी,

पासा पुचः बचत तथा ऋण सहकारी,

रिद्धिसिद्धि बचत तथा ऋण सहकारी ,

सुनापाताल बचत तथा ऋण सहकारी,

ईनर्जी बचत तथा ऋण सहकारी,

बसुधा बचत तथा ऋण सहकारी,

रिलायन्स बचत तथा ऋण सहकारी,

सेफ बचत तथा ऋण सहकारी,

पूर्णचण्डी बचत तथा ऋण सहकारी,

तुलजा भवानी वचत तथा ऋण सहकारी,

शिरडी साई महिला वचत तथा ऋण सहकारी,

सिलौटी वचत तथा ऋण सहकारी,

मुद्रा वचत तथा ऋण सहकारी,

सवल वचत तथा ऋण सहकारी,

जेनिथ बचत तथा ऋण सहकारी,

समभाव बचत तथा ऋण सहकारी,

ललितपुर वातावरण सफाई सहकारी,

उज्येली महिला वचत तथा ऋण सहकारी,

रिभर वचत तथा ऋण सहकारी,

कस्मिक बहुउद्देश्यीय सहकारी,

नव जागरण कषि सहकारी,

खोकना पर्यटन सहकारी ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved