राष्ट्र बैंक सम्मिलित टोलीले सक्यो ९ वटा सहकारीको अनुगमन, कस्तो भेटियो वित्तीय अवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 01:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणमा ९ वटा सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न भएको छ । सहकारी विभाग र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले पहिलो चरणमा काठमाडौँ, ललितपुर र काभ्रे जिल्लाका ९ वटा सहकारीको अनुगमन निरीक्षण सम्पन्न गरेको हो ।

सहकारी विभागका अनुसार काभ्रेका ३, काठमाडौँका ५ र ललितपुरको एउटा सहकारीको अनुगमन सकिएको छ । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको विभागले बताएको छ ।

काठमाडौँका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, देबदर्शन बचत तथा ऋण सहकारी संस्था र शुभरत्न बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको हो ।

ललितपुरको राष्ट्रिय सहकारी बैंकको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अधिकांश सहकारीले जथाभावी कर्जा प्रवाह गरेको पाइएको छ । सहकारीको वित्तीय अवस्था हेर्दा अधिकांशले सिमाभन्दा बढी रकम घरजग्गा क्षेत्रमा लगानी गरेको पाइएको अनुगमनमा संलग्न अधिकारीहरु बताउँछन् ।

धितो मूल्यांकनभन्दा बढी कर्जा लगानी गरेको, भाखा नाघेको कर्जाको प्रोभिजन नगरेको, गैर बैंकिङ सम्पत्ति बढिरहेको र अधिकांश कर्जा खराब पाइएको अनुगमन समितिले फेला पारेका छ ।

अनुगमनको नेतृत्व सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले गरेका थिए । अनुगमनमा राष्ट्र बैंकबाट उपनिर्देशक डा. रमेश चौलागाईं, रामकृष्ण राई र रमेश पौडेल सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved