ट्रक व्यवसायीलाई भ्याट अनिवार्य गर्ने निर्णयबाट सरकार ‘ब्याक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 01:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ढुवानी व्यवसायीलाई पूर्ण रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) को दायराभित्र ल्याउने निर्णयबाट सरकार ‘ब्याक’ भएको छ । ट्रक व्यवसायमा भ्याट कार्यान्वयन हुन नसक्ने भन्दै व्यवसायीले सेवा ठप्प पार्ने चेतावनी दिएसँगै सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

बुधबार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र ट्रक व्यवसायीबीचको छलफलमा भ्याटमा नगएका व्यवसायीले स्थायी लेखा नम्बर (प्यान) लिएर व्यवसाय सञ्चालन गर्ने सहमति भएपछि व्यवसायीहरुले बिहिबारबाट सेवा ठप्प पार्ने निर्णय फिर्ता लिएका छन् । भ्याटमा दर्ता हुन नसकेका ट्रक व्यवसायीलाई ब्लु बुककै आधारमा प्यान नम्बर लिएर काम गर्न सकिने व्यवस्था मिलाउने सहमति भएको छ । 

आन्तरिक राजश्व विभागका उपमहानिर्देशक थानेश्वर गौतमका अनुसार अघिल्लो वर्षको आर्थिक ऐनले भ्याटमा दर्ता हुने भने पनि व्यवसायीहरु भ्याटको दायरा बाहिर नै थिए । सरकारले गत आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत ट्रक र ढुवानी व्यवसाय भ्याटमा दर्ता हुनैपर्ने नियम ल्याएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved