बोधराज देवकोटाले दिए सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2021 | 07:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बोधराज देवकोटाले सिटिजन्स बैंक इन्टरनेश्नलको डेपुटी सीईओबाट राजिनामा दिएका छन्। २०७६ साल बैशाख १ गते देखि सिटिजन्स बैंकको डेपुटी सीईओ बनेका देवकोटाले डेपुटी सीईओबाट राजिनामा दिएको स्रोतले जनाएको छ। 

उनी यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । देवकोटाले सो बैंकमा स्थापनादेखि विभिन्न पदमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइसकेका छन् । 

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचय बनाएका देवकोटाले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

उनीसँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव छ । सिटिजन बैंक आउनुभन्दा पहिले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहेर काम गरेको अनुभव उनीसँग छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved