नेपालका सुनिल पोखरेललाई सीइओमा नियुक्ति गरेको पपुवा न्युगिनीको टिसीएफको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 09:39:51 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षक वचत तथा कर्जा समाज (टिचर्स सेभिङ्ग एण्ड लोन सोसाइटी, टिसा) ले नेपालका सुनिल कुमार पोखरेललाई टिसा कम्युनिटी फाइनान्स (टिसीएफ) लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको घोषणा गरेको छ। टिसीएफ टीसाको सहायक कम्पनी हो। 

अन्तराष्ट्रिय वित्तीय सेवामा करिब ३० बर्ष लामो अनुभवको साथमा टिसीएफ र टीसाको नेतृत्त्व सम्हाल्ने जिम्मेवारी लिएको भन्दै टीसाका समुह सीइओ माइकल कोइसनले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

सीइओको जिम्मेवारी पाएका सुनिल पोख्रेल र उनको टिमको ध्यान टिसीएस र टिसा लाई प्रविधिमैत्री बनाएर उत्कृष्ट सेवा प्रधान गर्ने वित्त सँस्था बनाउनेमा आफु विश्वस्त रहेको कोइसनले शुभकामना मन्तब्यमा व्यक्त गरेका छन्। 

उनको नियुक्तिमा प्रतिकृया दिँदै टिसाका समुह सीईओ माइकल कोइसनले भने, "सुनिलको अनुभव र क्षमता टिसीएफ र निश्चित रुपमा टिसा बैकको लागि अमुल्य हुनेछ। र मलाई धेरै खुसि छ कि सुनिलले यो जिम्मेवारी लिनलाई सहमत भए।'

कोइसनले अगाडी भने, 'सुनिल टिसीएफ/टिसा बैंकको लागि उदाहरणीय नेतृत्त्व हुनेछन, जसले गर्दा हामीले हाम्रो क्षेत्रमा अग्रणी र उत्कृष्ट हुने उदेश्यलाई गन्तब्यमा लैजानेछ।'

सुनिल ग्राहकको लागि महत्त्वपूर्ण र व्यवहारिक सुधार दिन सक्षम छन् भन्ने कुरा उनको विगतको उपलब्धीले देखाएकाले अहिलेको प्रतिस्पर्धी बजारमा आफ्नो संस्थालाई उत्कृष्ट बनाउन ठुलो मद्दत मिल्नेमा विश्वास रहेको  कोइसनले बताएका छन्। 

पोखरेल नेपालको स्ट्याण्डर्ड चार्टड बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरी नबिल, एनआइसी एसिया हुँदै सिभिल बैकमा डेपुटी सीइओ हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका थिए ।  प्रमुख कार्यकारीको हैसियतले हिमालयन बैंकसँग सफलतापूर्वक मर्ज गराएर बिदा भएका पोखरेलसँग आफ्नो ३१ वर्षको बैंकिङ करियरमा नेपालमा २२ वर्ष र अफगानिस्तान, म्यानम्यारलगायतका देशमा ९ वर्ष काम गरेको अनुभव छ।

नेपालकै अर्को बैंकको साट्टा फेरि विदेशी बैंकमा नै किन भन्ने बिजपाटीको प्रश्नमा पोखरेलले आफूले त्यहाँ आवेदन दिएको नभइ उक्त बैंकको टिमले नै आफूलाई एप्रोच गरी सीइओको जिम्मेवारी दिएको पोखरेलले बताए।

‘अहिलेसम्म पपुवान्युगिनीमा सञ्चालनमा रहेका विदेशी बैंकमा न्युजिल्याण्ड र बेलायतका नागरिक प्रमुख कार्यकारी अधिकृत भएको सुनेको छु, एसियाकै पहिलो सीइओको रुपमा पपुवान्युगिनीको कमर्सियल बैंकमा सीइओको जिम्मेवारी पाउनु मेरो लागि र राष्ट्र बैंक कै लागि पनि गर्वको विषय हो’, उनले भने।

नेपालको बैंकिङ क्षेत्रमा अनुशासित र कुशल बैंकरको रुपमा पहिचान बनाएका पोखरेलले बैंकिङ जिम्मेवारीका साथसाथै काठमाडौँ विश्वविद्यालयमा अध्यापनसमेत गराउँदछन।

सिभिलबाट बिदा लिएका पोखरेल एसियाकै पहिलो सीइओको रुपमा विदेशी बैंकको सीइओ नियुक्त


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved