एक दिन नेपालबाट विश्वकप क्रिकेट हेर्न नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 10:56:00 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्याण्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत असार ९ गते हुने खेलको प्रत्यक्ष प्रसारण हेर्न नपाइने भएको छ । ९ गते बंगलादेश र अफगानिस्तानबीचको खेल हुँदैछ । 

विज्ञापन ऐन, २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने भएकाले नेपालबाट खेल हेर्न नपाईने भएको हो । 

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विदेशी विज्ञापनबिनाका च्यानल बन्द गर्ने निर्णयको विरोधमा विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द गर्न लागिएको बताए । 

प्रस्तावित विज्ञापन ऐन, २०७६ ले विदेशी च्यानलको प्रशारणमा विज्ञापन हुन नहुने व्यवस्था गर्न लागेको छ । नेपालमा प्रशारण हुनेमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved