महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले पिउने पानी व्यवस्थापनकालागि विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई तीन लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकको हेटौंडार टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयलाई एक लाख ५० हजार र चितवनको इच्छाकामना गाँउपालिका ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमालाई एक लाख ६५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।