
शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसंगै बैंकको शाखा संख्या ७७ पुगेको छ । यो शाखाको राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् ।
देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।