कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 04:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास  बैंक Kamana Sewa Bikas Bank Limited  ले खाद्यान्न सामग्री वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्ला राप्ती नगरपालिका वडा न.१३ कान्दा बस्ती स्थित चेपाङ समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको हो । 

बैंकका चितवन जिल्ला  स्थित शाखाका सम्पूर्ण कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउन्डेसनसंगको सहकार्यमा कान्दा  वस्तीका अति न्युन आय भएका १०० घर परिवारलाइ प्रति परिवार एक बोरा चामल, दुई किलो दाल, तीन  किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा राहत स्वरुप वितरण गरिएको बैंकले जनाएको छ । 

कान्दाका चेपाङ समुदायलाई वर्षभरी खान पुग्ने अन्न उब्जा हुँदैन र उनिहरुले कतिपय समय जंगलका  गिठ्ठाभ्याकुर खाएर जीविको पार्जन गर्नु पर्ने भन्दै बैंकको चितवन क्षेत्र प्रमुख सुरेन्द्र भन्डारी तथा अन्य  कर्मचारीले उक्त राहत वितरण गरेका बैंकले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved