महालक्ष्मीका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 05:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited का ग्राहकले कान्तिपुर अस्पतालमा छुट पाउने भएका छन् । बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आईसीयू, एचसीयु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेशनमा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् । 

महालक्ष्मी विकास बैंकले देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved