महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 05:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैकले पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । 

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानव धर्म सेबा समितिलाई कुर्सी हस्तान्तरण गरिएको छ । 

उक्त सहयोग ग्रहण गर्दे नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैंकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरे । 

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी दिए । 

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved