मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई 'द हिमालयन ग्रिल बाई बाजेको' मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 03:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले 'द हिमालयन ग्रिल बाई बाजेको' मा छुट  पाउने भएका छन्  ।  बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved