गरिमा विकास बैंक १६ औ वर्षमा प्रवेश, क्रेडिट कार्ड सेवा शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 10:06:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ । बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

त्यस्तै बैंकले विगत वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रमलाई  निरन्तरता दिएको छ ।  बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरिएको र जम्मा ६१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । 

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले  १२१ शाखा कार्यालय र ५१ एटिएमबाट  बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । 

बैंकले  १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेकोमा  निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी , नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved