लुम्बिनी विकास बैंकद्वारा एकै दिन २ शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 04:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले आज एकै दिन दुई वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ०१ स्थित इमाडोल शाखा,  ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको बैंकले जाएको छ ।

 इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरेका हुन्। साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ०५ वडा अध्यक्ष श्री मिलन सिलवालले संयुक्त रुपमा गरेका हुन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved