ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले १२.७५ प्रतिशत वोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकको १२ औं वार्षिक साधारण सभाले पारित गरेको वोनस पुस १५ गतेसम्म सेयर डिम्याट गराई बैंक खाता अद्यावधिक गराएकाको हकमा जम्मा भएको बैंकले जनाएको छ । सो मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न बैंकले आग्रह समेत गरेको छ ।
२०७५ चैत १५ गतेपछि सेयर खरिद गरेकाहरुले भने वोनसमा लाग्ने कर बुझाएपछि मात्र बैंकले वोनस जम्मा गरिदिने भएको छ । सेयरधनीहरुले वोनसमा लाग्ने कर एनआइबिएल एस क्यापिटलमा बुझाउन सक्नेछन् ।