सारथि नेपाल लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 10:30:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथि नेपाल लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश गरि कुल ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार १ सय ५० रुपैयाँ रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved