सामाजिक सुरक्षा कोषका कारण जागिर छाडेका एक बैंकरको कथा, 'मर्ता क्या नही कर्ता'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2021 | 10:49:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर परिस्थिति झनै जटिल बनेको छ। यसमा आबद्द हुने नहुने बिषयलाई लिएर चर्चा परिचर्चा हुँदै गर्दा पछिल्लो समय कोषकै कारण बर्षौंदेखि खाईपाई आएको जागिर छाड्नेहरुको समेत सङ्ख्या बढिरहेको छ। 

अहिलेसम्म खाईपाई आएको सेवा सुविधा र आफुले जम्मा गरेको पैसा के हुने भन्ने प्रश्नको जवाफ सामाजिक सुरक्षा कोषले स्पष्ट नपारेकाले आफुले   जागिर छाड्न बाध्य भएको ती बैंकर्सको भनाई छ। 

अहिले उमेरले करिब ६० बर्ष पुगेका ती बैंकर भन्छन्, '३० बर्षदेखि खाईपाई आएको त्यो पनि नेपालकै उत्कृष्ट मध्येको बैंकको जागिर यत्तिकै छाड्ने रहर कसलाई हुन्छ र ? '

कोषमा आबद्द हुँदा आफुले ३० बर्षदेखि जम्मा गर्दै आएको पैसा के हुन्छ भन्ने कुरा स्पष्ट नभएकाले आफुले जागिर छाडेको उनले बिजपाटीलाई बताए। 

'ऐनमा स्पष्ट छैन, कार्यविधि भोलि जुनै बेला परिवर्तन गर्न सक्छन्, जबसम्म हामीले बर्षौंदेखि जम्मा गरेको पैसा र त्यसमा थपिने प्रतिफलको अंकको सुनिश्चितता हुदैन तबसम्म म र म जस्ता धेरै बैंकर सामाजिक कोषमा जादैनन्', उनले भने। 

यो पनि: 
-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा  कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?

'सारा जिन्दगी बैंकमै बिताइयो, त्यहाँ काम गर्दै थोरै थोरै गर्दै पैसा जम्मा गरियो तर अहिले त्यहि जम्मा भएको पैसाको कुनै ठेगान छैन' उनले भने, 'नत कोषमा दर्ता हुँदा मेरो पैसा के हुन्छ भन्ने स्पष्ट छ, नत भोलि कोषमा दर्ता हुन बाध्य पारिन्छ वा पारिदैन भन्ने स्पष्ट छ, अन्यौलता बढी हुँदा रातको निद्रा नै हराम भयो, 'मर्ता क्या नही कर्ता' भन्ने झैँ भयो, त्यहि भएर ७ महिना अगाडी नै जागिर छाडेको हो।'

हिजो पुरा नभएका केहि चाहना पुरा गरौला, केहि जिम्मेवारी पुरा गरौला भनेर यत्तिका बर्ष लगाएर आफुले पैसा जम्मा गरेको बताउदै उनले अन्यौलमा बसेर स्वास्थ्य बिगार्नु भन्दा जागिर छाडेर शान्तिले बस्ने विकल्प रोजेको बताए।   

त्यस्तै सामाजिक सुरक्षा कोषमा गरिएको सरकारी कर्मचारीहरुले पाउने सुविधा र आफुहरुले पाउने सुविधामा विभेद गरिएको भन्दै उनले तिब्र असन्तुष्टि समेत जनाए। 

कोष एकै भएपनि त्यहाँ जाने बाटो र त्यसबाट प्राप्त हुने सुविधामा गरिएको विभेद नहटेसम्म र अहिलेसम्म जम्मा भएको पैसा प्रतिफल सहित एकमुष्ट पाउने सुनिश्चितता नभएसम्म कुनै पनि बैंकर्स सामाजिक सुरक्षा कोषमा दर्ता हुन नहुने समेत उनले बताए।

सामाजिक सुरक्षा कोषमा दर्ता हुँदा निजि क्षेत्रका कर्मचारीले के के पाउने हो कति पाउने हो ऐनमा नै स्पष्ट हुनुपर्ने उनको भनाई छ।  कोषका संचालक तथा प्रमुखहरुको आश्वासनले बर्षौंदेखि जम्मा गर्दै आएको लाखौँ रुपैयाँको माया कसैले नमार्ने उनको भनाई छ।

निजि क्षेत्रका कर्मचारी र सरकारी कर्मचारीबीच समान व्यवहार र जम्मा भएको पैसा प्रतिफल सहित पाउने सुनिश्चितता नभएसम्म कोहि पनि कोषमा दर्ता हुन नहुने उनको भनाई छ।   

अहिलेसम्म आफ्नो सर्कलमा रहेका करिब ३० जनाले जागिर छाडिसकेको बताउदै उनी भन्छन्, 'कोषले बैंकर्सको पैसाको सुनिस्चितता नगर्ने हो भने असार अन्तिमसम्म जागिर छाड्नेको सङ्ख्या ४०० पुग्न सक्छ। '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved