मौद्रिक नीतिले बैंकको मर्जरलाई प्रोत्साहन गर्छ: मेगाका अध्यक्ष शाहको प्रतिकृया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 06:53:53 PM मा प्रकाशित

बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सका संचालकहरुको साझा सँस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले जारी आर्थिक बर्षको लागि ल्याएको मौद्रिक नीति सकारात्मक भएको प्रतिकृया दिएको छ। 

२०७८-२०७९ भित्र एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने बाणिज्य बैंकहरुको लागि मौद्रिक नीति मार्फत गरिएको थप सुविधा तथा छुटले मर्जरको वातावरण सृजना गरेको सिबिफिनका उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाहले बिजपाटीलाई बताए। 

आफुहरुले राष्ट्र बैंकलाई दिंदै आएको सुझाबअनुसार नै मर्जर तथा प्राप्तिलाई उत्प्रेरित र उत्साहित बनाउने गरि मौद्रिक नीतिमा व्यवस्था गरिएको उनको भनाई छ। २०७८÷७९ भित्र एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने बाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत दशथरी सुविधा तथा तथा छुटको व्यवस्था गरेको छ।

यो पनि: मर्जरमा जाने वाणिज्य बैंकलाई छुटको बहार, मर्जमा गए यी ९ सुविधा

त्यस्तै मौद्रिक नीति मार्फत गरिएको कर्जा स्रोत परिचालन अनुपात अर्थात सीडी रेसियो खारेज गरि कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने व्यवस्थाले बैंकहरुको व्यवसाय गर्ने क्षमता बढ्ने उनको भनाई छ।

कर्जा निक्षेप अनुपातको सिमा ९० प्रतिशत पुर्याईदा आइडियल रहेको पैसा बैंकहरुले लगानी गर्न पाउने भएकाले यसले लगानी क्षमता बढाउने र बैंकहरुको व्यवसाय तथा नाफा पनि बढाउने उनले बताए। यस्तो पैसा आयात प्रतिस्थापन गर्नलाई, उत्पादन बढाउनलाई लगानी हुँदा यसको मर्म पुरा हुने उनले बताए।   


के मेगा बैंक मर्जरमा जान्छ ?

मेगा बैंकका अध्यक्ष समेत रहेका शाहले मर्जर तथा प्राप्तिबारे मेगा बैंकको स्पष्ट धारणा रहेको प्रतिकृया दिएका छन्। आफ्नो नेतृत्त्वको मेगा बैंकले आफ्नो ब्राण्ड कहिल्यै पनि नगुमाउने तर यहि सर्तमा सामेल हुन चाहने जो कोहिसँग मिलेर अगाडी बढ्नलाई खुला रहेको उनले बताए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved