'समग्रमा राम्रो भएपनि मौद्रिक नीतिको बुँदा नम्बर १४० ले लघुवित्तको सङ्ख्या घटाउँछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 07:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लघुवित्तहरुको सीईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले समग्रमा मौद्रिक नीति सकारात्मक भएको प्रतिकृया दिएको छ। लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मौद्रिक नीतिमा उल्लेख व्यवस्था लघुवित्तहरुका लागि सकारात्मक रहेको प्रतिकृया दिएका छन्। 

मौद्रिक नीतिमा लघुवित्तलाई अप्ठ्यारो पार्ने गरि कुनै व्यवस्था नगरिएको उनले बिजपाटीसँगको कुराकानीमा बताए। उनकाअनुसार लघुवित्तहरुलाई पनि बैंक वित्तीय सँस्थाहरुलाई झैं एनएफआरएस लागू गर्ने कुरा अपेक्षाकृत थियो। तर बैंकहरुको प्रतिनिधिको रुपमा लघुवित्तले काम गर्ने भन्ने व्यवस्था नयाँ भएकाले यस बारे पूर्ण जानकारीका लागि निर्देशिका नै पर्खनु पर्ने हुन्छ। 

मौद्रिक नीतिमा भएका केहि व्यवस्थाले लघुवित्तहरुलाई मर्जर र प्राप्तिमा जानलाई धेरै जोड दिएको उनको प्रारम्भिक बुझाई रहेको छ। थोक कर्जा र खुद्र कर्जा मर्जरमा जाँदा खुद्रा कर्जाको लघुवित्तको रुपमा कार्य गर्नुपर्ने, क्रस होल्डिंङ लगानीका लघुवित्तहरु २०७९ असार मसान्तभित्र मर्जर तथा प्राप्तिमा जानु पर्ने व्यवस्थाले लघुवित्तहरुलाई मर्जरमा जानलाई जोड गर्ने उनले बताए।

क्रस होल्डिंङको कुरा स्पष्ट नभएकाले अहिले नै कति संख्यामा मर्जर तथा प्राप्तिमा जान्छन र कति रहन्छन् भन्न नसकिने उनले बताए। एकै लघुवित्तमा धेरै बैंकको लगानी भएकाले त्यसलाई क्रस होल्डिंले कसरी व्यवस्था हुन्छ भन्ने कुरा राष्ट्र बैंकले आगामी दिनमा ल्याउने निर्देशिकामा निर्भर रहने उनले बताए।

तर मौद्रिक नीतिमा भएका व्यवस्थाले कुनै न कुनै रुपमा लघुवित्तको सङ्ख्या घटाउन खोजेको र यसले लघुवित्तको संख्या घट्ने उनले बताए।  के कति संख्यामा घट्छन त्यो भने राष्ट्र बैंकले आगामी दिनमा लिने निर्णयमा निर्भर रहने उनको भनाई छ।   

"मर्जर तथा प्राप्ति भएर लघुवित्तको सङ्ख्या घट्नु आफैंमा नराम्रो होइन, तर मौद्रिक नीतिको बुँदा नम्बर १४० मा भएको क्रस होल्डिंङको व्यवस्थाले के कति वटा सङ्ख्यामा लघुवित्त रहन्छन भन्ने राष्ट्र बैंकको आगामी निर्देशन नै पर्खनु पर्दछ" विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने।    

त्यस्तै लघुवित्तहरुलाई २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न दिने व्यवस्था पनि अपेक्षाकृत भएको र यसले सकारात्मक प्रभाव पार्ने उनले बताए। २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न पाउने व्यवस्थाले लघुवित्तहरुलाई स्रोत व्यवस्थापनमा केहि भएपनि राहत मिल्ने उनले बताए।  

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved