सेयरबजारको गिरावट र गभर्नर हटाउने बिषयमा अर्थमन्त्री शर्माको स्पष्ट संदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 08:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सेयरबजारको गिरावट र गभर्नरबाट महाप्रसाद अधिकारीलाई हटाउने बिषयमा स्पष्ट संदेश दिएका छन्। आर्थिक मिडिया संचालकहरुको छाता संगठन इकोनिमिक्स मिडिया सोसाइटी नेपाल इम्सन का प्रतिनिधिसँगको कुराकानीमा उनले यस बिषयमा स्पष्ट पारेका हुन्। 

सेयरबजार आफैमा संबेदनशिल बिषय भएको र बजार माग र आपूर्तिमा चल्ने बताउदै उनले अर्थमन्त्रीले बोलेकै कारण बजारमा तिब्र उतार चढाव नआएको र आउँन पनि नहुने बताए। 

आफुले अर्थमन्त्रालय सम्हालेपछि पनि बजारमा ऐतिहासिक कारोबार भएको र नेप्से इन्डेक्स पनि नयाँ उचाईमा पुगेको बताउदै आफ्नै कारण बजारमा गिरावट नआएको उनले बताए। 

नियामक निकायको कुर्चीमा बस्नेहरुबाटै गर्न नहुने काम भएको र पहुँचमा हुनेहरुबाटै इनसाइड ट्रेडिङ जस्तो खराब काम भएकाले त्यसको असर बजारमा परेको उनले बताए। 

कहिले लगानीकर्ताका समुह आएर भेट्छन् र आफु अनुकुल कुरा बाहिर राख्छन उनले भने, कहिले बोल्दै नबोलेको कुरा सेयरबजारसँग जोडेर मिडियामा लेख्दिन्छन्, यसमा मेरो के दोष ? उनले प्रश्न गरे। 

त्यस्तै बैंकिङ वृत्तमा अर्थमन्त्री शर्माले फरक राजनीतिक दलले नियुक्त गरेको गभर्नर हटाउने प्रपन्च रचेको आरोप छ भन्ने प्रसंगमा उनले यो आरोप निराधार रहेको स्पष्ट पारे। 

"कोभिड १९ पोजेटिभ देखिएकाले उहाँ (गभर्नर महाप्रसाद अधिकारि) आइसोलेसनमा कोभिड भएर बसेका मान्छेलाई मैले हटाउछु होला, गभर्नर हटाउने प्रपन्च रहेछ भन्ने कुरा निराधार हो उनले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved