के भयो भने सेयर बजार परिपक्व हुन्छ ? यस्तो छ डेपुटी गभर्नर मिश्रको धारणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 11:08:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले के-के भयो भने सेयर बजार परिपक्व हुन्छ भन्नेबारे आफ्नो धारणा व्यक्त गरेका छन्। नेपाल उद्योग बाणिज्य महासंघले आज शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै मिश्रले यस बिषयमा आफ्नो धारणा व्यक्त गरेका हुन्।  

मिश्रले सेयर बजार परिपक्व हुनका लागि सूचनाअनुसार बजार परिपक्व हुनुपर्ने बताएका छन्। परिपक्व बजार हुनका लागि सक्रिय कारोबारीको संख्या बढ्नुपर्ने, प्रविधिगत रुपमा सेयरबजार बलियो हुनुपर्ने, नीतिगत रुपमा परिवक्व हुनुपर्ने, प्रत्येक सेयर कारोबारमा परिपक्वता हुनुपर्ने, र नैतिक रुपमा पनि परिपक्व हुनुपर्ने धारणा व्यक्त गरेका छन्। 

यी बिषयहरु भएमात्र सेयर बजार परिपक्व हुने उनले बताएका छन्। यद्दपी उनले नेपाल राष्ट्र बैंकले सेयर बजारलाई परिपक्व गराउन कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्नेबारे स्पष्ट धारणा व्यक्त गरेनन

अर्को एक प्रसंगमा डेपुटी गभर्नर मिश्रले नेपालमा डलर खातामा दिईने ब्याज अरु देशको भन्दा बढी भएको बताएका छन्। डलर खातामा विदेशी मुद्राको अनुपात बढाउँनका लागि नेपाल राष्ट्र बैंकले काम गरिरहेको र सहजीकरण गरिरहेको उनले बताए। 

बैदेशिक मुद्रा नेपाल भित्र्याउनलाई बैदेशिक रोजगारीमा जानेहरुको ठुलो भूमिका भएको बताउदै उनले रेमिट्यान्स पठाउनेलाई सम्मान गर्नुपर्ने बताएका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved