पाईपलाइनको एक वर्षः ८० करोड ढुवानी खर्च बचत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 05:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ढुवानीका लागि पाईपलाईन सञ्चालन गरिएको एक वर्ष पूरा भएको छ । २०७६ साल भदौ २४ गते ६९ किलोलिटर लामो पाईपलाई सञ्चालनको एक वर्षमा ५३ करोड ४१ लाख ३ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जनाएको छ । 

पाईपलाईन मार्फत पेट्रोलियम पदार्थको ढुवानी गर्दा प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको छ । एक वर्षको अबधिमा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा रकम बचत भएको निगमले जनाएको छ । पाईपलाईन सञ्चालन हुँदा ढुवानी भाडमा उल्लेख्य बचत भएको, पेट्रोलियम पर्दाथको गुणस्तरमा सुनिश्चि भएको छ । 

चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम अनुसार मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाईपलाईनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजना अनुसार काम अगाडी बढाईएको निगमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved