२ मापदण्ड पुरा गरेको भन्दै नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2021 | 09:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी कमिटीले यहि फागुन १० देखि १४ गते गरेको समीक्षामा बिशेषगरि ३ वटा मापदण्ड पुरा गरेकाले नेपाललाई अल्पबिकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरिएको संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगले जनाएको छ।    

नियोगकाअनुसार नेपालले प्रति प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकको मापदण्ड मध्ये प्रतिव्यक्ति आय, मानव विकास सूचकांकको मापदण्ड पुरा गरेकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो। 

यो सिफारिस ५ वर्षमा अर्थात सन् २०२६ देखि लागू हुनेछ। त्यसो त नेपाल सन् २०२४ देखि स्तरोन्नति हुनुपर्ने देखिएपनि नेपाल सरकारको सिफारिसमा नेपाललाई अबको ५ बर्ष अर्थात सन् २०२६ देखि स्तरोन्नतिका लागि सिफारिस गरिएको नियोगले जनाएको छ। 

राष्ट्रसंघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

नेपाललाई विकासशील राष्ट्र हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने संकल्पमा यस सिफारिसले ठूलो भरोसा प्रदान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

नेपालसंगै बंगलादेश र लाओ पिपल डेमोक्रेटिक रिपब्लिक लाई पनि अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved