अर्थले स्थानीय तहलाई भन्यो, ‘बजेट पास गरेर मात्रै खर्च गर्नु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 02:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले स्थानीय तहहरुलाई बजेट पास गरेर मात्रै खर्च गर्न सचेत गराएको छ । स्थानीय तहले असार १० भित्र बजेट पेश गरिसक्नु पर्ने भएपनि कतिपय स्थानीयहरुले बजेट पेश नगरेपछि अर्थ मन्त्रालयले बजेट पास गरेर मात्रै खर्च गर्न सचेत गराएको हो ।

समयमै बजेट नल्याउने स्थानीय तहलाई आगामी आर्थिक वर्षको वित्तीय हस्तान्तरणमा कार्यसम्पदान कम कम अंक पाउने भन्दै अर्थले सचेत गराएको हो । अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गरेर मात्रै खर्च गर्न भनेको हो ।

पत्रमार्फत अर्थले बजेट पास गरेर त्यसको विवरण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न पनि भनेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट भएको तथ्यांक अनुसार २८९ स्थानीय तहले बजेट ल्याएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved