अध्यक्ष गोल्छा भन्छन्, ‘१२ करोडसम्म सेयर धितो कर्जाको सिमा तोकिनु चिन्ताको विषय’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 05:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिले १२ करोडसम्म सेयर धितो ऋण लिन पाउने व्यवस्था गर्नु गलत भएको बताएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले बिजपाटीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै एउटा बैंकले ४ करोडसम्म र समग्र वित्तीय क्षेत्रबाट १२ सम्म सेयर धितो ऋण पाउने भन्ने व्यवस्थाले बजारमा तरलता ल्याउने बताए ।

‘यो हाम्रो लागि चिन्ताको विषय हो, यसले तरलता ल्याउँछ नै’ अध्यक्ष गोल्छाले भने, ‘यसको असर कहाँ कहाँ र कति कति पर्छ भनेर त हेर्न बाँकी नै छ, तर बजारमा नकारात्मक असर चाहिँ गर्छ गर्छ ।’ 

यसबाहेक मौद्रिक नीतिले धेरै जसो विषयहरु गत वर्षकै लाई निरन्तरता दिनु राम्रो पक्ष भएको उनको भनाई छ । गत वर्षभन्दा एक कदम अगाडी बढेर कोरोनाबाट अति प्रभावित उद्योग व्यवसायको क्षेत्रलाई सहुलियत दिने कुरा उल्लेख हुनु सकारात्मक भएको गोल्छाले बताए ।

लिक्युडिटी बढाउने टुल्सहरु प्रयोग गरिएको विषय पनि स्वागतयोग्य भएको उनको भनाई छ । 

‘मुख्य राम्रो कुरा भनेको १ करोडभन्दा कम ऋण लिएकाले फेरि लिन वा नयाँ ऋण लिन चाहने साना मझौला व्यवसायीले बेश रेटमा २ प्रतिशत मात्रै थपमा ऋण पाउने भन्ने कुरा निकै स्वागतयोग्य छ, यसले साना मझौला उद्योगी व्यवसायीलाई निकै राहत पुर्याउँछ भन्ने छ’ गोल्छाले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved