होटल व्यवसायीको नजरमा मौद्रिक नीति, ‘नीजि क्षेत्रलाई साथमै लिएर कार्यान्वयन गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 06:17:27 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) ले २०७९ असार मसान्तसम्म कर्जाको साँवा, ब्याज तिर्दा हुने व्यवस्था मौद्रिक नीतिले गर्नु स्वागतयोग्य भएको बताएको छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अहिले कोरोनाका कारण निकै असामान्य अवस्था सिर्जना भएकाले यो कर्जा भूक्तानीको समय एक वर्ष थप हुँदा राहत महशुस भएको बताए । 

‘नीति अनाउन्स भयो, नीतिहरु सबै राम्रै नै हुन्छन्, तर अहिले अवस्था असामान्य छ । असामान्य अवस्थामा यस्ता समान्य मौद्रिक नीति, कर नीतिले छुदैन’ उनले भने, ‘लास्ट इयर पनि केही राम्रा कार्यक्रम थिए, तर कार्यान्वयन भएनन् । मुख्य कुरो कार्यान्वयन हो, घोषणा भएका कार्यक्रमहरु अक्षरसः पालना भए केही न केही राम्रो पक्कै हुन्छ ।’ 

उनले काठमाडौँभन्दा बाहिरका साना तथा मझौला व्यवसायीहरुले अनुभूति गर्नेगरी मौद्रिक नीतिको कार्यान्वयन हुनुपर्ने माग पनि गरे । 

‘कर, राजश्व लगायतका आर्थिक नीतिहरु त सिँधै नीजि क्षेत्रसँग जोडिन्छ नि, त्यसैले कार्यान्वयन संयन्त्रमा तथा टिम के हुन्छ त्यो बनाउँदा नीजि क्षेत्रको पनि प्रतिनिधित्व होस् भन्ने हाम्रो माग हो’ शाहले भने, ‘हरेक एक एक महिनामा के कति कार्यान्वयन भयो भनेर मूल्यांक पनि गर्ने गरियोस् ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved