विद्यासुन्दरको अधुरो काम, कर निर्धारण नै नगरी तिर्नलाई ताकेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 03:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानरगपालिका अहिले सम्पत्ति कर उठाउन बाजागाजा सहित घरदैलोमा पुगेर नाँचगान गर्दैछ । सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम नै सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाले कर असुल गर्न नाँचगान तथा बाजागाजाको उपाय निकालेको हो ।

सुरुमा माइकिङ पनि गरेको थियो । तर, माइकिङ खासै प्रभावकारी नभएपछि महागरले नाँचगानको उपाय निकालेको हो ।

कतिले तिरे ?

बजागाजा सहित करदाताको घर तथा प्रतिष्ठानमा महानगरका कर्मचारी पुग्दै आएका छन् । तर पनि अपेक्षाकृत कर उठेको छैन । 

सम्पत्ति कर नबुझाएका ५२ मध्ये १४ करदाताले कर बुझाएका छन् । यीमध्ये ४ करदाताले मात्रै कर चुक्ता गरेका छन् भने बाँकी १० करदाताले आंशिक कर बुझाएका छन् । 

कर नतिर्नेको नामसहित सूची प्रकाशन गरेपछि ४ करोड ५ लाख रुपैयाँ कर असुल भएको काठमाडौँ महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीको भनाई छ । उठ्नुपर्ने जति कर नउठेपनि अहिले कर बुझाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको र नयाँ करदाता थपिने क्रम जारी रहेको अधिकारी बताउँछन् ।

कसले तिर्न बाँकी कति छ ?

महानगरले ५२ करदाताले सम्पत्ति कर नतिरको भन्दै नाम नै सार्वजनिक गरेपनि कसले कति तिर्न बाँकी छ भन्ने तथ्यांक भने नभएको जनाएको छ । 

‘सम्पत्ति यति छ भनेर त्यो बराबरको कर तिर्नै नआएपछि कसले कति तिर्न बाँकी छ भन्ने जानकारी हुने नै भएन’ महानगरपालिकाको राजस्व विभाग प्रमुख शिव अधिकारी भन्छन्, ‘हामीसँग अहिले तिर्न आएकाहरुको मात्रै डाटा छ, नआएकाको छैन ।’

उनले महानगरको तथ्यांकमा हाल महानगरको क्षेत्राधिकारभित्र २ लाख करदाता छन् । चालु आर्थिक वर्ष २०७८/०७९ भित्रै तिर्न नआएकाहरुको पनि सम्पत्ति मूल्यांक गर्ने तयारी भईरहेको उनले बताएका छन् । 

‘तिर्न नआएकाहरुको पनि सम्पत्ति के कति छ भनेर निकाल्छौँ, चालु आर्थिक वर्षबाटै हाम्रा प्राविधिकहरु खटाएर जग्गाको नाप लिन्छौँ, घर हो भने त्यसको अनुमानित मूल्य निकाल्छौँ’ उनले भने, ‘अर्को वर्षबाट कसले कति सम्पत्ति कर बुझाउन बाँकी छ भन्ने पहिल्यै थाहा हुने व्यवस्था गर्छौँ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved