युवाको ‘आइडीया’लाई कोकाकोलाले लगानी गर्ने, युवा परिषदद्वारा सहभागी हुन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 03:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषदसँगको सहकार्यमा युवाको आईडीलाई सीड फन्डींग प्रदान गर्ने भएको छ ।

यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल “युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ” अन्तर्गत पुरस्कार प्रदान गर्नेछ । सेप्टेम्बर ७, २०२१ सम्म भाग लिने अन्तिम मिति छ ।

अन्तिम मिति नजिकिंदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिन आमन्त्रित गरेको हो । सेप्टेम्बर २१, २०२१ मा सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ ।

इच्छुक युवाहरुले युवा परिषदमा इमेल पठाएर वा अनलाइनमार्फत फाराम भरेर आफ्ना विचारहरु पेश गर्न सक्नेछन् ।

कोका–कोलाले २०१८ देखि युवा परिषदसँग नेतृत्व, उद्यमशीलता, नेटवकिंग र व्यक्तित्व विकास सम्बन्धी सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्न सहकार्य गर्दै आइरहेको छ । 

यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्य सँगै यस बर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ । सीड फन्डींग कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टोप्स, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसंँगै प्रदेश र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागी अगाडि बढाइने छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved