किरानाभन्दा २० प्रतिशत सस्तोमा समाना पाईने अन्नपूर्णा मार्ट बसुन्धरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2021 | 03:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा चौकीमा अन्नपूर्णा स्टोर्स प्रालि (मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामाग्रीको बिक्री सेवा सुरु गरेको छ । निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ । 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरे । मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरी सेवा दिनेगरी साझा पसल संचालनमा ल्याउने बताएका छन् । अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीको भनाई छ । 

मार्ट उद्घाटन कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरेका छन् ।

मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक इश्वरदत्त जैसवालको भनाई छ । 

कम्पनीले भैरहवामा २ मार्टहरु संचालनमा ल्याएको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए । मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।

सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धी डेरी प्रोडक्ट लगायत राख्नका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी सित्तैमा र ५ हजार रुपैयाँसम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ । मार्टमा उपलब्ध सामाग्रीहरु अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक इश्वर जैसवालको दाबी छ । 

अधिकत्तम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामाग्री मार्टमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved