१० अर्ब डलर लगानी ल्याउने लक्ष्यको रणनीतिक योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 02:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी ५ वर्षभित्र १० अर्ब अमेरिकी डलर विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित लगानी बोर्डले बनाएको रणनीतिक योजना सार्वजनिक भएको छ । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोर्डको १०औँ वार्षिकोत्सवको अवसरमा ५ वर्षे व्यावसायिक योजना २०७८–८२ सार्वजनिक गरेका हुन्।

बोर्डले तयार पारेको उक्त रणनीतिक योजनाले आगामी ५ वर्षभित्र १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने र कम्तीमा १ लाख रोजगारी सिर्जना लक्ष्य राखेको छ । 

बोर्डले तयार गरेको नेपाल इन्भेष्टमेन्ट गाइड २०२१ पनि सार्वजनिक भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले सन् २०३० सम्ममा नेपाल उच्च मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नति हुने र त्यसका लागि दिगो विकास लक्ष्यहरु हासिल गर्ने योजना अनुसार काम भईरहेको बताएका छन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक औसत ५ खर्ब ५८ अर्ब लगानी अपुग हुने देखिएको पनि बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved