तलब र पेन्सन बाहेकको भूक्तानी रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 02:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारीको तलब र पेन्सन बाहेकका शीर्षकमा बजेट भूक्तानी रोक्का भएको छ । बजेट अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेश गर्नुअघि नै बिहिबार महालेखा नियन्त्रकको कार्यालयले सरकारी कर्मचारीको तलब र पेन्सन बाहेकका शीर्षकमा बजेट भुक्तानी रोक्न निर्देशन दिएको हो ।

महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाई कार्यालयलाई परिपत्र गर्दै बजेट भुक्तानी रोक्न निर्देशन दिएको हो ।

‘चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट रकम निकासा सम्बन्धमा तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि निकासा बिहीबार देखि शनीबारसम्म नगर्न नगराउन हुन सँगै यो अवधिमा निकासा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने निकासा गर्ने अधिकारी नै जिम्मेवार हुनेछ’ महालेखाले परिपत्रमा भनेको छ ।

सरकारले प्रतिस्थापन विधेयक शुक्रबार संसदमा पेश गर्दैछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved