१४ हजार करदाताले खरिद बिक्री खाता अनिवार्य अपलोड गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 12:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७८/७९ देखि खरिद, बिक्री खाता आन्तरिक राजस्व विभागको कम्प्युटर सिस्टममा अनिवार्य अपलोड गर्नुपर्ने करदाताको संख्या १४ हजार रहेको छ । कम्प्युटराइज्ड बिलिङको अनुमति लिएका सबै करदाता र तोकिएका करदाताको हकमा खाता अपलोड अनिवार्य गरेको हो । 

हाल वार्षिक ३५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा कम्प्युटर प्रणालीबाट बिल, बिजक जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय अन्तर्गत रहेका करदाताहरुले कम्प्युटर प्रणालीबाट बिल, बिजक जारी गर्दै आएका छन् । नयाँ व्यवस्था अनुसार विभागले तोकेका १४ हजार ८० वटा करदाताले मासिक रुपमा खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गर्नुपर्नेछ । 

करदाताले आफ्नो मासिक खरिद, बिक्री विवरण विभागले तोकेको ढाँचामा तयार गरी अपलोड गर्नुपर्ने व्यवस्था छ । वस्तुको परिमाण, ईकाई लगायतका सम्पूर्ण विवरण अनिवार्यरुपमा उल्लेख गरी अपलोड गर्नुपर्ने विभागले जनाएको छ । एकपटकमा ९ हजार तथ्याङ्क वा बढीमा एकसय एमबी साईज भएको फाईल कम्प्युटर सिस्टममा अपलोड गर्न सकिन्छ । 

विभागले खरिद, बिक्री खाताको ढाँचा वेबसाइटमा प्रकाशन गरेको छ । करदाताले खाताको ढाँचा कम्प्युटर प्रणालीबाटै डाउनलोड गर्नसमेत सक्नेछन् । वार्षिक पाँच करोडभन्दा कम कारोबार गर्ने करदाताको हकमा भने खरिद, बिक्री खाता अपलोड अनिवार्य गरिएको छैन । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved